काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नयाँ बानेश्वर, काठमाडौंस्थित शीतल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोबीच विशेष छुट समझदारी भएको पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले शीतल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोमा १४ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १ सय ९२ वटा शाखा, १ सय ५५ वटा एटिएम छन् ।