समय : ०६:२५ pm | बुधबार , माघ २१ गते २०८२

कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरण नगर्ने निर्णय

अर्थ विशेष | पौष २४ गते २०८२

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २३ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न भई प्राप्त वित्तीय विवरणका आधारमा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले सोही वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि प्रस्तुत गरिने निर्णय भएको पनि बैंकले जानकारी दिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्