समय : ०९:३७ pm | बुधबार , माघ २१ गते २०८२

लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ विशेष | पौष १४ गते २०८२

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा पुस १५ गते काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आव २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप रु २८७ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आवमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्