समय : ०५:०६ am | बिहिबार , माघ २१ गते २०८२

आशा लघुवित्तको सेयरमूल्य समायोजन

अर्थ विशेष | मंसिर २२ गते २०८२

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । संस्थाले गत आवका लागि घोषणा गरेको बोनस सेयरका लागि भएको समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ९०.४१ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता रु १ हजार १९४ थियो । आजदेखि नयाँ समायोजित मूल्यका आधारमा संस्थाको सेयर कारोबार हुनेछ ।

संस्थाले गत आवका लागि सेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश संस्थाको आगामी पुस ४ गते आयोजना हुन लागेको नवौं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्