समय : ०६:२७ am | बिहिबार , माघ २२ गते २०८२

सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द ईयर’ पुरस्कार

अर्थ विशेष | मंसिर १८ गते २०८२

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर 2025’ अवार्ड प्राप्त गर्दै लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको सम्मान हात पारेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्स समूहले डिसेम्बर ३ मा लन्डनमा आयोजना गरेको विशेष समारोहमा सिटिजन्स बैंकलाई यो अवार्ड प्रदान गरेको हो।

समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले संयुक्त रुपमा पुरस्कार ग्रहण गर्नुभएको थियो। यसअघि पनि बैंकले ‘बैंक अफ द ईयर 2024’ प्राप्त गरिसकेको थियो, जसले सिटिजन्स बैंकलाई लगातार दुई वर्ष विश्व स्तरको मान्यता दिलाएको छ।
कार्यक्रममा १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, सीईओसहित करिब ४०० प्रतिनिधिहरूको उपस्थिति थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्