समय : १०:०७ pm | बुधबार , माघ २१ गते २०८२

सर्वसाधारणका लागि महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | मंसिर १८ गते २०८२

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आज सर्वसाधारणका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।
बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नआएकाले आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्