समय : ०७:५२ am | बिहिबार , माघ २२ गते २०८२

विजय लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति

अर्थ विशेष | मंसिर १४ गते २०८२

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले मङ्सिर १४ गते उक्त संस्थालाई अंकित मूल्य १०० रुपैयाँमै एफपीओ निष्कासनको अनुमति दिएको हो ।संस्थाले अब ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्