समय : ०७:५२ am | बिहिबार , माघ २२ गते २०८२

कामना सेवा विकास बैक र पारस हस्पिटलबीच सम्झौता

अर्थ विशेष | मंसिर १२ गते २०८२

काठमाडौं । कामना सेवा विकास बैंकले मोरङ, बिराटनगर स्थित पारस अस्पताल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्