समय : ०३:४५ pm | बिहिबार , फागुन २८ गते २०८२

मातृभूमी लघुवित्तको निमित्त सीईओमा बटाला नियुक्त

अर्थ विशेष | मंसिर २ गते २०८२

काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त भएका छन् । संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले बटालालाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । उनलाई मंसिर २ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी दिइएको हो । उनी संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

यसअघिका सीईओ लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएसँगै बटालाई निमित्त सीईओ नियुक्त गरिएको हो । शर्माले कात्तिक ३० गते पेश गरेको राजीनामा मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले मंसिर २ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्