समय : ०७:४३ am | बुधबार , पौष १० गते २०८१

जाजरकोटको खलंगामा प्रभु बैंकको ३०७ औं शाखा सञ्चालनमा

अर्थ विशेष | असार ७ गते २०८१

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले जाजरकोटमा शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ७ गतेदेखि जाजरकोट, भेरी नगरपालिका–४ स्थित खलंगा बजारमा आफ्नो ३०७ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ । बैंकको यो अभियानले देश भरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले उल्लेख गरेको छ ।
बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

हाल सालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर रहेका ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमाफर्त सेवा प्रदान गर्दै आईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्