काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ छुट योजना सार्वजनिक गरेको छ।
बैंक र माउन्ट अफ एक्सेल प्रा. लि.बीच भएको साझेदारी सम्झौताअनुसार अब ग्राहकहरूले गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेलमा बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन्।बैंकले यस सहकार्यले ग्राहकहरूलाई आकर्षक छुटको सुविधा दिलाउनुका साथै नगद कारोबारलाई डिजिटल भुक्तानीतर्फ रूपान्तरण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।'
ग्राहकहरूले यो अफर र सम्बन्धित विवरणबारे थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्र वा बैंकका आधिकारिक सञ्चार माध्यममार्फत सम्पर्क गर्न सक्नेछन्।
सिद्धार्थ बैंकका ग्राहकका लागि माउन्ट अफ एक्सेलमा ४०% सम्म छुट









