समय : ०२:३६ am | शनिबार , कार्तिक १४ गते २०८२

एनएमएबि बैंकको सेवा शुक्रबार ८ बजेदेखि शनिबार ४ बजेसम्म अवरुद्ध हुने

अर्थ विशेष | कार्तिक १२ गते २०८२

काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले कार्ड सेवा अवरुद्ध हुने भएको हो ।

बैंकले प्रयोग गरिरहेको कार्ड सिस्टमको मेन्टेनेन्स (मर्मत सम्भार) सम्बन्धी कार्य गर्नका लागि कात्तिक १४ गते शुक्रबार साँझ ८ बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।

उक्त अवधिमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, पीओएस तथा ईकमर्स सेवाहरू अवरुद्ध हुने बैंकले जनाएको छ । यस अवधिमा मोबाइल बैंकिङ जस्ता वैकल्पिक भुक्तानी विधिहरू प्रयोग गर्न बैंकले अनुरोध गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्