समय : ०७:५२ am | आइतबार , कार्तिक १६ गते २०८२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

अर्थ विशेष | असाेज २३ गते २०८२

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा रहेको र्याडिसन होटलसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
बैंकले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै उक्त सम्झौता गरेको हो ।

सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त होटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवा सहित विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्राप्त गर्न सकिने छुट निम्नलिखित रहेका छन्ः

१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्ज सेवा: १५ प्रतिशत

२ खाद्य तथा पेय पदार्थमा (इजाकायाहोकाइडो होटल समेत): २० प्रतिशत

३ पेस्ट्री खरिद: १५ प्रतिशत

४ ट्यानक्वीलीटी स्पा सेवा: १५ प्रतिशत

५ र्याडिसन फिटनेस सेन्टर (जिम):२० प्रतिशत

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्