काठमाण्डौ । प्रभु बैंक लिमिटेडले मुगुमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ गतेदेखि मुगु,छायानाथ रारा नगरपालिका–२ मा स्थित गमगढिमा ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेका जनाएको छ । बैंकले यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उल्लेख गरेको छ ।
बैंकको गमगढि शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले नेपालभर रहेका ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।