काठमाडौं । प्रभु बैंकलाई अन्तर्राष्ट्रियस्तरको ‘युरोपियन अवार्ड फर एक्सिलेन्स २०२५’ अन्तर्गत ‘नेपालस् बेस्ट डिजिटल बैंक फर एसएमइज’ बाट सम्मान गरेको छ।
यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोपियन लिमिटेडद्वारा सिङ्गापुरमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो।
युरोपियन एक्सिलेन्स अवार्ड अन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम (एसएमइज) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको हो।
पछिल्लो केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवा जस्ता अत्याधुनिक सेवाहरूको माध्यमबाट एसएमइ बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ।