काठमाडौं । एनएमबी बैंकले श्री अमर जैन विद्यालयलाई केही सामाग्री सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्याललाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो।
बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक क्षेत्रलाई सहयोग पुर्याउने प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो।
बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन सहयोग गर्ने लक्ष्य राखेको छ। यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा लालबन्दी वडा–५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलले बैंकको यस कार्यले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्ने बताए।
बैंकले हाल देशभरि २०२ शाखा, १८७ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ।









