समय : ०६:१८ pm | बिहिबार , चैत्र १२ गते २०८२

एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

अर्थ विशेष | भाद्र १७ गते २०८२

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । बेंकको केन्द्रीय कार्यालय(रजिष्टर्ड कार्यालय)झापा जिल्लाको बिर्तामोड नगरपालिका–४ मुक्तिचोकमा रहँदै आएकोमा विर्तामोड नगरपालिका–३ स्थित ठग बहादुर खड्काको नाममा रहेको भवनमा(किङ्ग्सवरी होटल नजिक)स्थानान्तरण भएको हो । केन्द्रीय कार्यालय स्थानान्तरणका लागि नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बेंकलाई भदौ ११ गते स्वीकृती दिएको थियो । उक्त कार्यालय भदौ १६ गतेदेखि स्थानान्तरण भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्