समय : ०७:४३ am | सोमबार , भाद्र १६ गते २०८२

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र १२ गते २०८२

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८९ हजार ७५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ र जो सुकै कम्पनी,व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्नलागिएको हो ।

लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्