समय : १०:०५ pm | बिहिबार , चैत्र १२ गते २०८२

एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क रिसोर्ट एण्ड होटल्समा विशेष छुट

अर्थ विशेष | भाद्र ८ गते २०८२

काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क रिसोर्ट एण्ड होटल्स एण्ड रिसोर्टसमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले पोखरा, तनहुँ, काठमाण्डौ, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टबाट उक्त छुटहरु प्राप्त गर्न सक्नेछ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्