समय : १०:०१ pm | बिहिबार , चैत्र १२ गते २०८२

नेपाल एसबिआई बैंकका ग्राहकले थप चार संस्थाको सेवामा छुट पाउने

अर्थ विशेष | भाद्र ५ गते २०८२

काठमाडौं । नेपाल एसबिआई बैंक र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पुर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

यसैगरी बैंक र होलिडे इन रिसोर्ट काठमाडौ बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५% सम्म छुट दिने सम्झौता भएको छ ।

साथै, बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्स संग समेत दन्त उपचार सेवामा बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाइ २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेकोे छ ।

उक्त सम्झौतापत्रहरू बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदा इनकोर काठमाडौंकी निर्देशक सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौका निर्देशक बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टले हस्ताक्षर गरे ।

उक्त कार्यक्रमहरूमा बैंकका प्रमुख वित्तीय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिन मुनि बज्राचार्य र होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्