समय : ०७:४८ pm | बुधबार , पौष १० गते २०८१

हिमालयन बैंकको दुई शाखा कार्यालय स्थानान्तरण

अर्थ विशेष | असार ३ गते २०८१

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिकै भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ । बैंकले आज असार २ गतेदेखि थापाथली शाखाको नामबाटै सेवा दिएको हो । बैंकका कर्मचारीहरुको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले उक्त शाखाको उद्घाटन गरेका थिए ।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका १ मेन रोड नारायणगढबाट सेवा दिन थालेको छ । आज असार २ गतेदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा संचालनमा ल्याएको हो । हाल बैंकले नेपालभर फैलिएका १७४ शाखाबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्