समय : ०५:२५ pm | शुक्रबार , चैत्र १३ गते २०८२

झण्डै एक अर्बले बढ्यो नबिल बैंकको नाफा, खराब कर्जा पनि घट्यो

अर्थ विशेष | श्रावण २७ गते २०८२

काठमाडौं। गत आर्थिक वर्ष(आव) ०८१र८२ मा नबिल बैंकको नाफा झण्डै एक अर्बले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा बैंकले अघिल्लो आव ०८०-८१ मा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ गरेको थियो ।

गत आवमा बैंकले खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । बैंकले यस्तो आम्दानी अघिल्लो आवमा १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ गरेको थियोकाठमाडौं– गत आर्थिक वर्ष(आव) ०८१र८२ मा नबिल बैंकको नाफा झण्डै एक अर्बले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा बैंकले अघिल्लो आव ०८०-८१ मा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ गरेको थियो ।

गत आवमा बैंकले खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । बैंकले यस्तो आम्दानी अघिल्लो आवमा १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ गरेको थियो ।

त्यस्तै, नबिलले गत आवमा शुल्क र कमिसनबापत हुने आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा पनि वृद्धि गरेको छ ।

नाफामा वृद्धि भएसँगै बैंकको वितरणयोग्य नाफा चार अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगको छ । अपरिस्कृत तथ्यांकअनुसार गत आवमा बैंकको प्रति सेयर आम्दानी २६.३४ रुपैयाँ, मूल्य आम्दानी रेसियो २०.५५, प्रति सेयर नेटवर्थ २३५.५८ रुपैयाँ पुगेको छ ।

साथै, विवरणअनुसार बैंकको जोखिम भार सम्पत्तिको लागि पुँजीकोष अघिल्लो आवको तुलनामा घटेर ११.९४ प्रतिशत भएको छ भने कुल खराब कर्जा पनि अघिल्लो आवको तुलनामा घटेर ४.२७ प्रतिशत कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्