समय : ०५:२५ pm | शुक्रबार , चैत्र १३ गते २०८२

कृषि विकास बैंकको नाफा ४.१५ अर्ब रुपैयाँ

अर्थ विशेष | श्रावण २५ गते २०८२

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ३.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.२६ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकको सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड ६० लाख ८७ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता १३.०६ प्रतिशत थियो । गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ ।

निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ६२ करोड ८६ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्ष बैंकको कर्जा लगानी ४.६७ प्रतिशत बढेर २ खर्ब १३ अर्ब १४ करोड २८ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ३ अर्ब ६१ करोड ७० लाख ४९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ९.०७ रुपैयाँ बढेर २७.६३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी १८.५६ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ २४१.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ ।

बैंकको रिटर्न अन इक्विटी ११.८८ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.६८ प्रतिशत, आधार दर ५.८७ प्रतिशत र कस्ट अफ फण्ड ३.८१ प्रतिशत रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्