समय : ०५:३१ am | बिहिबार , चैत्र ११ गते २०८२

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाण्डौको एमएन अस्पतालमा विशेष छुट

अर्थ विशेष | श्रावण १९ गते २०८२

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाण्डौको,बसुन्धरामा रहेको ‘एमएन अस्पताल’सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्