समय : ०५:३३ am | बिहिबार , चैत्र ११ गते २०८२

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

अर्थ विशेष | श्रावण १६ गते २०८२

काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा क्यापिटल योजना व्यवस्थापक तथा गरिमा विकास बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको गरिमा समृद्धि योजनाको लाभांश घोषणा गरिएको छ । साउन १५ गते बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ५.१० प्रतिशत(करसहित)का दरले लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश वितरण प्रयोजनका लागि यही साउन २७ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ । यसर्थ साउन २६ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै उक्त लाभांश पाउनका लागि योग्य हुनेछन् ।

गरिमा समृद्धि योजना गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्