समय : ०२:३३ am | बिहिबार , चैत्र ११ गते २०८२

मितेरी डेभलपमेन्ट बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | श्रावण ८ गते २०८२

काठमाण्डो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्