समय : ०२:३४ am | बिहिबार , चैत्र ११ गते २०८२

एनआईसी एशियाका ग्राहकलाई भक्तपुर इन्टरनेसनल हस्पिटलको सेवामा छुट हुने

अर्थ विशेष | श्रावण ६ गते २०८२

काठमाडौं- एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै अब बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सुविधाका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्