समय : ११:२५ pm | बुधबार , चैत्र ११ गते २०८२

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | श्रावण ४ गते २०८२

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार २२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ । उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्