समय : ०६:३० pm | बुधबार , श्रावण १४ गते २०८२

लक्ष्मी सनराइज बैंकले घटायो व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर

अर्थ विशेष | असार ३२ गते २०८२


काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ
बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर दिएको थियो ।

साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ बैंकले ३ महिनादेखि ६ महिना तलका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष मुनिका लागि ४.२५ प्रतिशत,१ वर्षदेखि २ वर्ष मुनिका लागि ४.५० प्रतिशत, २ वर्षदेखि ५ वर्ष मुनिका लागि ५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.५० प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

यस्तै संस्थागतर्फ ,६ महिनादेखि १ वर्ष मुनिका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष मुनिका लागि ३.२५ प्रतिशत, २ वर्षदेखि ५ वर्ष मुनिका लागि ३.७५ ५ वर्ष वा सो भन्दा माथिका लागि ४.५० प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्