समय : ०३:३४ am | बिहिबार , माघ २१ गते २०८२

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई धुलिखेलको आगन्तुक रिसोर्टमा विशेष छुट

अर्थ विशेष | जेठ ३१ गते २०८१

काठमाडौं। कर्मचारी तथा ग्राहकलाई धुलिखेलमा रहेको आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट मिल्नेगरी प्रभु बैंकले सम्झौता गरेको छ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरे।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
प्रभु बैंकका नेपालभर ३ सय ३ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्