काठमाडौं । सिटिजन्स बैंकले ४ हजार ६६९.९८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बेंक समक्ष निवेदन पेस गरेअनुसार बैंकले सो शेयर बिक्री गर्न लागेको हो । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्री गर्न लागेको हो । शेयर मूल्य प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ तोकिएको छ।
सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित नारायणहिटीस्थित सिटिजन्स बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
बैंकले तोकिएको सो समयावधिभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा वा पूर्ण रूपमा शेयर बिक्री नभएमा सर्वसाधारणलाई शेयर बिक्री गरिने बैंकले जनाएको छ।