समय : ०५:२८ pm | सोमबार , असार २३ गते २०८२

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार २३ गते २०८२

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ४० हजार ३३० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिईसक्नु पर्नेछ ।  

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्