समय : ०३:३४ am | बिहिबार , माघ २१ गते २०८२

सिद्धार्थ बैंकको करिब ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ ३१ गते २०८१


काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्