समय : ११:३७ pm | बुधबार , श्रावण १४ गते २०८२

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सिसिटीभी हस्तान्तरण

अर्थ विशेष | असार ६ गते २०८२

काठमाण्डौ । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिबृद्घि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले नगरपालिकाका उप–मेयर, मनिकादेवी दुलाललाई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ ।

नेपाल एसबिआई बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखासहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्