समय : ०३:४१ am | बिहिबार , माघ २१ गते २०८२

प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न नेपाल एसबिआई बैंकको आग्रह, नगरे कारोबार रोक्का राखिने

अर्थ विशेष | जेठ ३० गते २०८१

काठमाण्डौ । नेपाल एसबिआई बैंकले खातावालाहरुलाई आफ्नो प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन,२०८०,सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ र सम्पत्ति शुद्धीकरण निवारण नियमावली अनुसार खातावाला तथा निजका हिताधिकारीका ग्राहक पहिचान विवरणहरु अद्यावधिक गर्नुपर्ने भएकाले प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।


खातावालाहरुले यसअघि बुझाउन बाँकी कागजात तथा विवरण वा परिवर्तित थप विवरण आफ्नो खातामा रहेको शाखा वा आफूलाई पायक पर्ने नेपाल एसबिआई बैंकको कुनै पनि शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एंव कागजात पेश गर्न बैंकले आग्रह गरेको छ ।

यस्तै ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप खोल्ने व्यक्तिहरुले समेत खाता खोल्दा आफ्नो प्यान नम्बर अनिवार्य रुपमा बैंकमा उपलब्ध गराउनु पर्ने प्रावधान रहेको हुँदा यस अघि बुझाउन बाँकी ग्राहकले आफ्नो खातामा रहेको शाखा वा पायक पर्ने अन्य कुनैपनि शाखामा सम्पर्क गरी अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

उल्लेख गरे बमोजिम खातावालाहरुले ग्राहक पहिचान विवरण९केवाईसी०अद्यावधिक नगरेमा वा आवश्यक कागजात पेश नगरेमा खाताहरुको कारोबार रोक्का राखिने बैंकले उल्लेख गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्