समय : १२:५६ am | बिहिबार , श्रावण १४ गते २०८२

सर्वसाधारणका लागि कुमारी बैंकको ५.०६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार १ गते २०८२

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्