समय : ०३:४१ am | बिहिबार , माघ २१ गते २०८२

मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

अर्थ विशेष | जेठ २९ गते २०८१

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले बझाङको एक विद्यालयको पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले २०८० असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित भवानी आधरभूत विद्यालयको भवन पुनःनिर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको हो ।

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्लासँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रमबीच विद्यालयलाई हस्तारण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेका थिए ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्