समय : ०८:३८ am | बुधबार , चैत्र ११ गते २०८२

सिद्धार्थ बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

अर्थ विशेष | जेठ २१ गते २०८२

काठमाडौं । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंकका विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले विराटनगरस्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्