समय : ०४:०९ am | बुधबार , चैत्र १० गते २०८२

प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच विशेष समझदारीपत्रमा हस्ताक्षर

अर्थ विशेष | जेठ ५ गते २०८२

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ।
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्नेछन् ः

–खानपानमा १० प्रतिशत छुट

–केबलकार टिकटमा २० प्रतिशत छुट

–आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा निःशुल्क

प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्