समय : ०२:२० am | बुधबार , चैत्र १० गते २०८२

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ विशेष | वैशाख २८ गते २०८२

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरेको हो ।तीनवटै प्रदेश का शाखाहरु पाऊदुर ५१ जना ,सिरानचौर ३८ जना,अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना, छाँयाछेत्रमा ४७ जना, गरी ७ वटा शाखाहरुमा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ । स्थानिय तहका जनप्रतिनिधीहरु, प्रहरीहरु,३ वटै प्रदेशका अनुगमन अधिकृतहरु, शाखा प्रमुखहरु र अन्य कर्मचारीहरु समेतको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम, आधारभूत बाख्रापालनहरु संस्थामा आवद्ध करिब २४९ जना सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएकोे थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्