समय : ०७:१८ pm | मङ्गलबार , वैशाख ३० गते २०८२

कामना सेवा विकास बैंकको नाफा ४९ प्रतिशतले बढ्यो

अर्थ विशेष | वैशाख ७ गते २०८२

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४९ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिभन्दा ४९ प्रतिशत बढी नाफा गरेको हो । गत आवको चैत मसान्तसम्म ३३ करोड १४ लाख रुपैयाँ नाफा गरेको बैंकले यसपालि आधा बढी नाफा गरेको देखिन्छ ।

बैंकको ब्याज आम्दानी र खर्च दुवै घटेपनि खुद ब्याज आम्दानी सुध्रिएको छ । चैत मसान्तमा यस्तो आम्दानी १ अर्ब ६६ करोड छ । यता नोक्सानी व्यवस्थाका लागि बैंकले ३१ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ । बैंकले गत वर्षको सोही अवधिभन्दा ३ करोड कम प्रोभिजन गरेको हो । खर्चतर्फ पनि सन्तुलन कायम गरेको बैंकले नाफालाई बढाउन सकेको हो ।

नाफा बढ्दा कामना सेवाको प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ पुगेको छ भने नेटवर्थ १६३.२२ रुपैयाँ छ । ईपीएस गत आवको चैतसम्म १३.४७ रुपैयाँ थियो । यता निष्क्रिय कर्जा ४.२७ प्रतिशत पुगेको छ । गत आवको चैतसम्म यस्तो कर्जाको अनुपात ३.५५ प्रतिशत थियो ।

बैंकको प्राथमिक पुँजीकोष अनुपात भने निकै बढेको छ । गत आवको ९ महिना सकिँदासम्म ९.०३ प्रतिशतमात्र रहेको कोर क्यापिटल अहिले १०.१४ प्रतिशत पुगेको हो । कामना सेवाले ६१ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरी ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप १ वर्षअघिभन्दा करिब ३ अर्ब बढी हो भने कर्जा साढे ३ अर्ब बढी हो ।

नाफा बढ्दा कामना सेवा ९ महिनामै करिब १९ प्रतिशत लाभांश दिन सक्षम देखिएको छ । बैंकसँग करिब ५० करोड रुपैयाँ वितरणयोग्य नाफा छ । जसअनुसार लाभांश क्षमता १८.९८ प्रतिशत रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्