समय : ०४:२५ pm | मङ्गलबार , चैत्र १० गते २०८२

कुमारी बैंकको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | चैत्र ३१ गते २०८१


काठमाडौं । कुमारी बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २ लाख १४ हजार १११ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि बैंककै संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा निवेदन परेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्