समय : ०१:१८ pm | मङ्गलबार , चैत्र १० गते २०८२

महालक्ष्मी विकास बैंकको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

अर्थ विशेष | चैत्र २२ गते २०८१


काठमाडौं । महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । बैंकको गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । गत चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बताएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गते १ दिन बुक क्लोज गरेकोको थियो । त्यसकारण पुस १५ गतेसम्म यस बैंकको शेयर खरिद गरेका शेयरधनीहरूले मात्र बोनश शेयर प्राप्त गरेका छन्।बैंकको उक्त बोनस शेयर चैत १४ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको बैंकले जनाएको छ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले गरेपछि बोनश शेयर स्वतः डिम्याट खातामा पठाइने बैंकले जनाएको छ । बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्