समय : ११:३१ pm | मङ्गलबार , पौष ९ गते २०८१

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवलबीच समझदारी

अर्थ विशेष | जेठ २३ गते २०८१

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र मैत्रीपथ, बुटवलस्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्