समय : ०६:४२ am | मङ्गलबार , चैत्र १० गते २०८२

सप्तकोशी डेभलपमेन्ट बैंकको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र १ गते २०८१

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल १६ हजार ३८२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । कुल सेयरमध्ये १० हजार ९८२ कित्ता आम सर्वसाधारण र ५ हजार ४ सय कित्ता संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको छ आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ६५५ रुपैयाँ र संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।

संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणले १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्