समय : ०५:२२ am | मङ्गलबार , चैत्र ९ गते २०८२

एनआइसी एशिया ग्रोथ फण्डको सूचीकरण खारेज

अर्थ विशेष | फागुन २५ गते २०८१

काठमाण्डौ । एनआइसी एशिया क्यापिटलले सञ्चालन गरेको ‘एनआइसी एशिया ग्रोथ फण्ड’को सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उक्त फण्डको सूचीकरण आजदेखि खारेज गरेको हो ।
एनआइसी एशिया ग्रोथ फण्डको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको ८ करोड ३५ लाख २० हजार इकाई फागुन २८ गतेबाट परिपक्व हुन लागेकाले सूचीकरण खारेज गरेको नेप्सेले जनाएको छ ।

७ वर्षे बन्दमुखी योजना सामूहिक कोष नियमावली, २०६७ को नियम ३१ उपनियम (७) बमोजिम आजैदेखि लागू हुनेगरी खारेज भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्