समय : ०५:२४ am | मङ्गलबार , चैत्र ९ गते २०८२

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | फागुन २२ गते २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले सो शेयर बिक्रीका लागि निवेदन पेश गरेअनुसार बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।बैंकले तोकिएको सो सयमभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्