समय : ०२:२३ am | मङ्गलबार , चैत्र ९ गते २०८२

सिद्धार्थ बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

अर्थ विशेष | फागुन १६ गते २०८१

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।
बैंकले १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै फागुन ११ गते आवेदन दिएको हो ।बैंकले ऋणपत्र निष्कासनका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ भने यसको वार्षिक प्रतिफल ७.२५ प्रतिशत हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्