समय : ११:४२ pm | मङ्गलबार , पौष ९ गते २०८१

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ २२ गते २०८१

काठमाडौं । इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरूको नाममा रहेको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा राखेको जनाएको हो ।

यो शेयर खरिदका लागि सर्वसाधारण वा संस्थाहरूले समेत आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित सात दिनभित्र काठमाडौं बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखिन निवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि उक्त सेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूको आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थाले समेत खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्