समय : ११:१९ pm | सोमबार , चैत्र ९ गते २०८२

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

अर्थ विशेष | माघ २९ गते २०८१

काठमाण्डौ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ । बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेल गाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।


बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको जनाएको छ ।

सानिमा बंैकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्